काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले निर्णय उल्लंघन भएमा पार्टीमा संकटको पुनरावृत्ति हुन सक्ने बताएका छन्।
पार्टीमा भएको निर्णयविपरीत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा राजदूत नियुक्तिलगायत निर्णय गरेको भन्दै रावलले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘नेकपामा आन्तरिक द्वन्द्व र मतभेद चर्केको बेला समस्या समाधान गर्न २६ भदौ स्थायी कमिटीले निर्णय गरी अध्यक्षद्वयको हस्ताक्षरका साथ भदौ २९ गते जारी अन्तर पार्टी निर्देशन निर्णयहरूको उल्लघंन भएमा संकटको पुनरावृत्ति हुनसक्छ,’ रावलले ट्वीट गर्दै भनेका छन्।
उनले यस्ता निर्णयले देश, जनता र पार्टीहितमा आघात पर्नसक्ने भन्दै जिम्मेवार व्यक्तिहरुको ध्यान जानुपर्ने बताएका छन्।