शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामहरि श्रेष्ठ हत्या प्रकरण : बटालालाई सफाइ दिने निर्णयमा पुनरवलाेकन हुने

रामहरि श्रेष्ठ हत्या प्रकरण : बटालालाई सफाइ दिने निर्णयमा पुनरवलाेकन हुने

सर्वोच्च अदालतले काठमाडौं कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन माओवादीका ब्रिगेड कमान्डर गोविन्दबहादुर बटालालाई सफाइ दिने निर्णय उल्ट्याएको छ। 
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– सर्वोच्च अदालतले काठमाडौं कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन माओवादीका ब्रिगेड कमान्डर गोविन्दबहादुर बटालालाई सफाइ दिने निर्णय उल्ट्याएको छ। 

न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले बिहीबार यसअघिको निर्णय उल्ट्याएको हो। 
आदेशसँगै सर्वोच्च अदालतको यसअघि भएको फैसला पुनरवलोकन हुने भएको छ। 

बटाला तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका ब्रिगेड कमान्डर थिए। सर्वोच्चको उक्त फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरवलोकनका लागि निवेदन दर्ता गरेको थियो।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले अब उक्त मुद्दा पुनरवलोकनमा गएको नेपाल समयलाई जानकारी दिए।

‘बटलालाई सफाइ दिने निर्णय त्रुटिपूर्ण रहेको भन्दै हामीले सर्वोच्चमा पुनरावेदन गरेका थियौं,’ उनले भने, ‘आजको आदेशसँगै अब पुनरवलोकन हुन्छ।’

यसअघि न्यायाधीशहरू तेजबहादुर केसी र टंक मोक्तानको इजलासले व्यापारी श्रेष्ठको हत्यामा बटलाको संलग्नता नदेखिने भन्दै सफाइ दिने फैसला गरेको थियो।

१५ वैशाख २०६५ मा कोटेश्वरबाट नियन्त्रणमा लिएर श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पु¥याइएको थियो। कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव २८ वैशाखमा नारायणी नदी किनारमा भेटिएको थियो।

चितवनसम्म श्रेष्ठलाई गाडीमा राखेर ल्याउने काममा आफू संलग्न रहेको बटलाले स्वीकार गरेका थिए।  सर्वोच्च अदालतले हत्यामा बटालाको संलग्न नदेखिएको भन्दै १८ फागुन २०७६ मा सफाइ दिएको थियो। 

त्यसपछि महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गरेको थियो। सर्वोच्च अदालतका नजिरविरूद्ध फैसला गरेको पाइए वा फैसलापछि नयाँ प्रमाण फेलापरेमा सर्वोच्च अदालतबाट भएको फैसला पनि पुनरवलोकन हुन सक्ने कानुनी व्यवस्था छ। 

बटालासहित तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीलाई घटनामा संलग्न रहेको आरोप लगाउँदै जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरिएको थियो।

१७ जेठ २०६८ मा जिल्ला न्यायाधीश भोजराज अधिकारीले बटालालाई तीन वर्ष कैद हुने फैसला सुनाएका थिए भने खाम, अधिकारी र थापा फरार रहेको भन्दै उनीहरूको मुद्दा अदालतले मुलतबीमा राखेको थियो।

प्रकाशित: Oct 01, 2020| 12:25 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।