काठमाडौं– बैंकिङ कसुर मुद्दामा अदालतबाट ३ वर्ष कैद र एक करोड ६५ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ परेका छन्।
ललितपुर गोदावरी नगरपालिका–१२ ठेचो बस्ने ६० वर्षीय हेमकाजी महर्जन डंगोललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
उच्च अदालत पाटनले २१ मंसिर २०७१ मा दोषी ठहर गरेको थियो। महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनकै घर ठेगानाबाट पक्राउ गरेको हो।