शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पीसीआर परीक्षणको लागि टेकुमा भिड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

पीसीआर परीक्षणको लागि टेकुमा भिड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

पीसीआर परीक्षणका लागि एउटै अस्पतालमा भिड नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं- पीसीआर परीक्षणका लागि एउटै अस्पतालमा भिड नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार केही दिनयता कोरोना परीक्षणका लागि शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भिड लागेपछि ममन्त्रालयले भिड नगर्न आग्रह गरेको हो। 

गौतमले पीसीआर परीक्षण अन्य अस्पतालहरुमा पनि हुने भएकाले एउटै स्थानमा भिड नगर्न सर्वसाधरणलाई आग्रह गरेका हुन्। 

काठमाडौं उपत्यकामा पाटन अस्पताल, वीर अस्पताल, एपीएफलगायतका सरकारी अस्पतालमा पीसीआर परीक्षण भइरहेको छ।

‘पीसीआर परीक्षण अन्य अस्पतालहरुमा पनि हुन्छन्, टेकु अस्पतालमा मात्रै भिड गर्नुपर्दैन, त्यसरी भिड गर्दा आफू संक्रमित नभए पनि भिडमा हुनसक्ने सम्भावित संक्रमितबाट आफूलाई संक्रमण हुनसक्छ, त्यसैले भिड नगरौँ’, प्रवक्ता गौतमले भने।

पीसीआर परीक्षणको लागि टेकु अस्पतालमा दैनिक एक हजारको हाराहारीमा मानिसहरु पुग्ने गरेको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन्। 
प्रवक्ता गौतमले काठमाडौं उपत्यकालगायत जनघनत्व बढी भएका स्थानहरुमा संक्रमण बढिरहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न भनेका छन्।

प्रकाशित: Oct 01, 2020| 12:00 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।