शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश प्रमुख कलौनीसहित कर्णालीमा १०५ जना कोरोना संक्रमण

प्रदेश प्रमुख कलौनीसहित कर्णालीमा १०५ जना कोरोना संक्रमण

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसहित बिहीबार कर्णाली प्रदेशमा एक सय पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

सुर्खेत– कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसहित बिहीबार कर्णाली प्रदेशमा एक सय पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ५८ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४६ जना र दैलेख अस्पतालको प्रयागशालामा गरिएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमितमध्ये सुर्खेतका ४२ जना, जुम्लाका २१ जना, दैलेखका १० जना, सल्यानका सात जना, मुगुका दुई जना र अन्य प्रदेशका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

यो सँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ५६ जना पुगेको छ।

त्यस्तै आज कर्णाली प्रदेशका विभिन्न अस्पताल र आइसोलेसनबाट एकसय तीन जना डिस्चार्ज भएका छन्। कर्णालीमा हालसम्म कुल संक्रमितमध्ये तीन हजार ४२ डिस्चार्ज भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख बृषबहादुर शाहीले जानकारी दिए।

प्रकाशित: Oct 01, 2020| 11:24 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।