काठमाडौं– नेपालमा बिहीबारसम्म कोरोना भाइरस भाइरस संक्रमितमध्ये ५७ हजार ३८९ जना निको भएका छन्। यो कुल संक्रमितको ७१.९ प्रतिशत हो।
आजसम्मको विवरणअनुसार २१ हजार ८३० जना सक्रिय संक्रमित छन्। संक्रमणमुक्त हुनेमा प्रदेश १ बाट पाँच हजार १२४, प्रदेश २ बाट १३ हजार ८९८ र बागमतीमा १६ हजार ९० छन्।
यस्तै गण्डकीबाट तीन हजार ३७९, प्रदेश ५ बाट आठ हजार ९११, कर्णाली प्रदेशबाट दुई हजार ९६८ र सुदूरपश्चिम प्रदेशबाट सात हजार १९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा जनाइएको छ।
कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ।