शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा पहिलोपटक कोरोना संक्रमित चिकित्सकको मृत्यु

नेपालमा पहिलोपटक कोरोना संक्रमित चिकित्सकको मृत्यु

कोरोनाबाट सिनियर अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको मृत्यु भएको सरकारी चिकित्सक संघका अध्यक्ष डा. रविन खड्काले जानकारी दिएका छन्। 
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

सुर्खेत- बाँकेमा आज कोरोना भाइरसबाट एक वरिष्ठ चिकित्सकको मृत्यु भएको छ। प्रदेश अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको उपचारका क्रममा आज बाँकेमा मृत्यु भएको हो। 

५९ वर्षीय सापकोटालाई तीन हप्ताअघि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो। आईसीयूमा उपचाररत उनको केही बेर अघि मात्रै मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पुष्टि गरे ।

योसहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ। जसमध्ये दश जना बाँकेका र अन्य आठ जना विभिन्न जिल्लाका छन्। आज विहानमात्रै बाँकेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

बिहान मृत्यु हुनेमा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ८ ७५ वर्षिया महिला र नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ बाँकेका ५२ वर्षे पुरुष हुन् ।

दुबै जनाको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। दुवै जना दीर्घ रोगी हुन्।

प्रकाशित: Oct 01, 2020| 10:19 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।