शनिबार, भदौ १३, २०८३

प्रदेश १ मा १८२ जना संक्रमित थपिए, १७४ डिस्चार्ज

मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १८२ संक्रमित थपिएका छन्। मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार विहीबार विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा २६ महिला र ४२ पुरुष छन्। मोरङको जहदामा ६ महिला ११ पुरुष, धनपालथानमा ४ पुरुष, ग्रामथानमा १ महिला २ पुरुष, कटहरीमा १ महिला १ पुरुष, बुढीगंगामा २ पुरुष, केराबारीमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

उता सुनसरीको धरानमा ११ महिला ३३ पुरुष, इटहरीमा ६ महिला १३ पुरुष, रामधुनीमा १ महिला २ पुरुष, दुहवीमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुष, झापाको विर्तामोडका २ महिला २ पुरुष, अर्जुनधारामा २ पुरुष, गौरादहका १ महिला, ताप्लेजुङ र भोजपुरको अरुणका १–१ पुरुष र प्रदेश १ बाहिरका १ महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ९८० पुगेको छ। प्रदेश १ मा विहीबार  १७४ जना डिस्चार्ज भएका छन्। होम आईसोलेसनबाट १३९, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट २३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ५ जना डिस्चार्ज भएका छन्। हाल सम्म ३ हजार २७२ जना डिस्चार्ज भएका छन्।

प्रदेश १ मा विहीबार  ९७८ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ६० महिला र १२२ को रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख २४ हजार ७२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित: Oct 01, 2020| 10:05 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।