शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जेष्ठ नागरिक भत्ता पाँच हजार पुर्‍याउँछु  : प्रधानमन्त्री ओली

जेष्ठ नागरिक भत्ता पाँच हजार पुर्‍याउँछु  : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन्। 
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन्। 

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

‘तत्कालीन नेकपा एमालेको सरकारले एक सयबाट सुरु गरेको भत्ता अहिले तीन हजार पुर्‍याइएको छ,’ उनले भने, ‘मैले निर्वाचनअघि नै घोषणा गरेको थिए। फेरि पनि भन्छु मेरै कार्यकालमा पाँच हजार पुर्‍याउँछु।’

उनले जेष्ठ नागरिकलाई राज्यले प्रदान गर्दै आइरहेको अन्य सेवासुविधा पनि पर्याप्त नभएको भन्दै समयअनुसार परिमार्जन गर्दै लगिने बताए।

‘ध्यान नपुगेको, मन नपुगेर भन्ने होइन। सबै पुगेको छ,’ उनले भने, ‘सामर्थ्यको सीमाले गर्दा पर्याप्त गर्न सकिएको छैन। यस क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा त्यस्तै छ।’ 

प्रधानमन्त्रीले आफू जहिले जहिले सरकारमा रहे त्यो समयमै जेष्ठ नागरिकका लागि महत्त्वपूर्ण काम भएको दाबी गरे। 

‘पाठ्यपुस्तकमा जेष्ठ नागरिकलाई कसरी सम्मान गर्ने, उनीहरुको संरक्षण कसरी गर्ने भन्ने कुरा समावेश हुन जरुरी छ,’ उनले भने, ‘ बालबालिकालाई अहिले देखि नै बुझ्न आवश्यक छ। हामीले यसका लागि सिकाइ, पढाइमा सामेल गराउनुपर्छ।’

जेष्ठ नागरिकको सुरक्षा, जीवनयापना सरल बनाउने विषयमा सरकारले काम गरिरहेको उनको भनाइ छ। प्रधानमन्त्रीले आर्थिक विकासका पक्षहरुलाई अघि बढाएर लैजान सके मुलुकको भविष्य उज्ज्वल हुने बताए।

प्रकाशित: Oct 01, 2020| 09:08 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।