काठमाडौं- सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
त्यस्तै अघिल्ला मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै सरकारले उनलाई बेलायतका लागि नेपालको राजदूतमा सिफारिस गरेको छ।
आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले बेलायतको राजदूत हुने निश्चित भएपछि त्यसअघि नै राजीनामा दिएका थिए।
यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाका लागि नेपालको राजदूतमा सिफारिस भएका छन्।
राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिबाट नियुक्त हुने कानुनी व्यवस्था छ।