शनिबार, भदौ १३, २०८३

२५ किलो चरेशसहित दुई युवा पक्राउ

२५ किलो चरेशसहित प्रहरीले बझाङका दुई जनालाई पक्राउ गरेको छ। 
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

धनगढी– २५ किलो चरेशसहित प्रहरीले बझाङका दुई जनालाई पक्राउ गरेको छ। 

बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका २ लिमबाट २५ किलो चरेशसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

चरेशसहित बुङ्गल नगरपालिका वडा नम्बर २ का २५ वर्षीय धनबहादुर धामी  र २८ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

बिशेष सुराकीको आधारमा सुदूरपश्चिम प्रहरी अनुसन्धान समूहबाट प्रहरी नायव निरीक्षक केशव जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने आकारमा बनाएर बोकेर बुङ्गलबाट वित्थडतर्फ गइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार  पक्राउ परेका दुबैजनालाई अहिले प्रहरी चौकी वित्थडचिरमा राखिएको छ।  उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित: Oct 01, 2020| 06:19 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।