शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकाको राजदूतमा युवराज खतिवडा सिफारिस, बेलायतमा लोकदर्शन रेग्मी

अमेरिकाको राजदूतमा युवराज खतिवडा सिफारिस, बेलायतमा लोकदर्शन रेग्मी

सरकारले पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाका लागि राजदूतमा सिफारिस गरेको छ। 
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं–  सरकारले पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाका लागि राजदूतमा सिफारिस गरेको छ। 

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. खतिवडालाई अमेरिकाका लागि राजदूतमा सिफारिस गरेको हो।

डा. खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका वरिष्ठ आर्थिक सल्लाहकार समेत हुन्। 

त्यस्तै सरकारले बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गरेको छ। रेग्मी केही समयअघि मात्र मुख्यसचिवबाट सेवा निवृत्त भएका थिए। 

त्यस्तै मुख्यसचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ। 
 

यो पनि : अमेरिकी राजदूतको दौडमा अर्थमन्त्री र दुई सचिव ! 

अर्थमन्त्री खतिवडा : उत्साह जगाए, निराशा दिए

प्रकाशित: Oct 01, 2020| 06:03 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।