शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा संक्रिय संक्रमित ११९३, आधा बढी कैलालीका 

सुदूरपश्चिममा संक्रिय संक्रमित ११९३, आधा बढी कैलालीका 

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का संक्रिय संक्रमित १ हजार १ सय ९३ पुगेको छ ।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ का संक्रिय संक्रमित करिब १२ सय पुगेको छ । 

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का संक्रिय संक्रमित १ हजार १ सय ९३ पुगेको छ ।
 
सुदूरपश्चिम प्रदेशका नौं जिल्लामध्ये कैलालीमा मात्रै कोभिड–१९ का संक्रिय संक्रमित ६५७ पुगेको छ । 

स्वास्थ्य निर्देशनालयका अनुसार डोटीमा १३४, बझाङमा १११, अछाममा १००, बैतडीमा ८५, कंचनपुरमा ६३, दार्चुलामा ३० र डडेल्धुरामा १२ जना र अन्य जिल्लाका एक जना जना संक्रिय संक्रमित रहेका छन् । 

बाजुरा जिल्लामा भने कोरोनाको संक्रिय संक्रमित शून्य रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

६ हजार एक सय बढीले कोभिड-१९ जिते

सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ हजार एक सय बढी कोभिड–१९ संक्रमित निको भएका छन् ।
 
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा सात हजार तीन सय ४५ जनामा कोभिड–१९ पोजेटिभ आएकोमा ६ हजार एक सय ३६ जना निको भएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा बढी कोभिड–१९ संक्रमित रहेको कैलाली जिल्लाबाट १८७२ जना कोभिड–१९ जितेर घर फर्किएका छन् । 

बाजुरा जिल्लामा ४५३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएकोमा ४५१ जनाले कोभिड–१९ जितेर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ । 

बाजुरा जिल्लामा कोभिड–१९ का संक्रिय संक्रमित अहिले शून्य रहेको छ । अछामका ९६९, डोटीका ९६० र कञ्चनपुरका ७४७, बझाङका ४३१, बैतडीका ३३१, डडेल्धुराका ३२४ र दार्चुलाका ५१ जना कोभिड–१९ जितेर घर फर्किएको निर्देशनालयले जनाएको छ ।
 

प्रकाशित: Oct 01, 2020| 05:34 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।