शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २७ वर्षीय कैदीबन्दीको कोरोनाबाट मृत्यु, मृत्युपछि संक्रमण पुष्टि 

२७ वर्षीय कैदीबन्दीको कोरोनाबाट मृत्यु, मृत्युपछि संक्रमण पुष्टि 

मोरङ कारागारमा रहेका एक कैदीबन्दीको मृत्युपछि कोरोना पुष्टि भएको छ । 
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

विराटनगर- मोरङ कारागारमा रहेका एक कैदीबन्दीको मृत्युपछि कोरोना पुष्टि भएको छ । 

सुनसरीको इटहरीका २७ वर्षीय युवकको बुधबार राति मृत्यु भएको थियो । उनको कोरोना परिक्षणको रिपोर्ट बिहीबार बिहान आउको हो । 

कोरोनासँग मिल्दो लक्षण देखिएपछि अस्पतालले स्वाब संकलन गरेको थियो । बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको कोशी अस्पतालका आइसोलेसन प्रमुख डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिए । 

लागूऔषध मुद्दामा २०७६ मंसिर १८ देखि पुर्पक्षका लागि थुनामा रहेका बन्दीलाई स्वास्थ्यममा समस्या देखिएपछि बुधबार कोशी अस्पताल भर्ना गरिएको मोरङ कारागारले जनाएको छ । उपचारका क्रममा उनको बुधबार राति मृत्यु भएको थियो ।

यसअघि क्षेत्रीय कारागार झुम्कामा बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका एक पुरुषको कोरोना संक्रमण देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो । 

प्रकाशित: Oct 01, 2020| 05:04 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।