जनकपुरधाम- महोत्तरीमा एक महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा एक वडासचिवलाई पक्राउ परेका छन् ।
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ स्थित मुसहरी टोलको एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वडा सचिवलाई पक्राउ परेको हो ।
भंगहा वडा नम्बर ९ का वडा सचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिएका छन् ।
महोत्तरीका प्रहरी उपरिक्षक केसीले महिला बजारबाट घर जाँदै गई रहेको अवस्थामा बुधबार राती बलात्कारको प्रयास गरेको विषय बाहिरिएको र बलात्कार भए नभएको त्यसको पुष्टी मेडिकल परिक्षण पछि मात्रै हुने बताए ।
महिलाले दिएको बयान र जाहेरीकै आधारमा वडा सचिव यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताए । अहिले वडा सचिव यादवलाई हिरासतमा राखिएको छ ।