रुपन्देही– बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नंं ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।
गत असोज १२ गते कोरोना पुष्टि भएका उनको स्थ्यमा थप समस्या आएपछि बुधबार कोरोना अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनको आइसियूमै मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए ।
मृतकमा मुटु रोग र उच्च रक्तचापको समस्या थियो ।
योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २१ पुगेको छ । हाल अस्पतालको आईसीयूमा १५ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।