शनिबार, भदौ १३, २०८३

अल्भेरोले नेयमारलाई रंगभेदी व्यवहार नगरेको पुष्टि

फ्रेन्च फुटबल लिग (एलएफपी)को अनुशासन समितिले ब्राजिलियन फरवार्ड नेयमारले मार्सेल्लीका अल्भेरो जोन्जालेजविरुद्ध लगाएको रंगभेदको आरोप प्रमाणित नभएको पुष्टि गरेको छ।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– फ्रेन्च फुटबल लिग (एलएफपी)को अनुशासन समितिले ब्राजिलियन फरवार्ड नेयमारले मार्सेल्लीका अल्भेरो जोन्जालेजविरुद्ध लगाएको रंगभेदको आरोप प्रमाणित नभएको पुष्टि गरेको छ।

लिगले नेयमारको आरोपलाई पुष्टि गर्ने प्रमाणहरू नभएको भन्दै यो विषयको थप अध्ययन नगर्नेसमेत बताएको हो।

गत सेम्टेम्बर १३ मा सम्पन्न लिग–१ को खेलमा नेयमारले गोन्जालेजमाथि आक्रोसित हुँदै हिर्काएपछि उनी अन्य चार खेलाडीसँगै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

मैदानबाट बाहिरिएसँगै उनले गोन्जालेजमाथि रंगभेदी व्यवहार गरेको आरोप लगाए। ‘यो आरोप प्रमाणित गर्नका लागि आवश्यक प्रमाणहरू छैनन्,’ एलएफपीले भनेको छ।

‘अल्भेरो गोन्जालेजप्रति अनुशासन समितिको निर्णय न्यायको ओलम्पिक डि मार्सेल्लीले कदर गर्दछ,’ लिगको निर्णयपछि मार्सेल्लीले ट्वीटरमा लेखेको छ, ‘अल्भेरो रंगभेदी खेलाडी होइनन् र क्लब पनि रंगभेदलाई सपोर्ट गर्दैन।’

मुद्दाको छानविन गरेपछि अनुशासन समितिले निष्कर्ष निकालेको छ, ‘प्राप्त फाइलको अध्ययन, खेलाडी र क्लबका प्रतिनिधिको बयानपछि कमिसनले खेलमा अल्भेरो गोन्जालेजद्वारा नेयमारमाथि कुनै भेदभावलाई पश्रय दिने किसिमको व्यवहार गरेको पाइएन।’ 

चर्चित खेलाडी नै रंगभेदको सिकार

प्रकाशित: Oct 01, 2020| 03:00 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।