शनिबार, भदौ १३, २०८३

दीर्घ रोग नभएका एक कोरोना संक्रमितको धरानमा मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 

अस्पतालका प्रवक्ता डा दिनेश सापकोटाका अनुसार सुनसरीको इटाहरी ६ का ५६ वर्षिय पुरुषको बुधवार राति पौने दश बजे मृत्यु भएको हो। 

उच्च ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या भएपछि उनलाई कोरोना संक्रमणको आशंकामा बिराट मेडिकल कलेज बिराटनगरले रेफर गरेको थियो। 

कुनै दीर्घ रोग नभएका उनलाई प्रतिष्ठानको कारोना अस्पतालमा बुधबार राती साढे नौ बजे मात्रै भर्ना गरिएको थियो। 

गम्भिर अवस्थामा अस्पताल पुर्याइएका उनको भर्ना भएको १५ मिनेटमै मृत्यु भएको अस्पतालका प्रवक्ता डा सापकोटाले बताएका छन्।

शवको व्यवस्थापन नियमानुसार भइरहेको अस्पतालले जनाएको छ।  
 

प्रकाशित: Oct 01, 2020| 02:28 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।