शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलि दिन भारततर्फ लैजाँदै गरिएका दुई युवतीको सीमाबाट उद्धार

बलि दिन भारततर्फ लैजाँदै गरिएका दुई युवतीको सीमाबाट उद्धार

बलि दिन भारत लैजाँदै गरेको अवस्थामा सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई युवतीलाई प्रहरीले उद्धार गरेको छ । 
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

सुनसरी- भारत लैजाँदै गरेको अवस्थामा सुनसरीको कोसी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारत सीमाबाट दुई युवतीलाई  उद्धार गरिएको छ। 

बलि दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई युवतीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

नेपाल र भारततर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको नायव उपरीक्षक कार्कीले बताए। 

शङ्का लागेर सोधखोज गर्ने क्रममा युवतीसँगै रहेका २ पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई युवती रहेका छन् । भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका –४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले बताए ।  

नियन्त्रणमा लिएका एकले आफू युवतीको आफन्त रहेको प्रहरीसमक्ष बयान दिएका छन्। नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाका लागि भारत लैजाने सहमतिअनुरुप आफू सुरक्षाका लागि सँगै आएको भनी उनले प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ।

सीमापारि नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन्। 

भारततर्फ लैजानुपूर्व उनीहरुको उचाइसमेत नापिएको थियो। त्यसैगरी हातको रेखासमेत हेरी पूजाका लागि योग्य भनी ठहर गरिएको थियो ।

सीमापारि नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजाका बेला ध्यानमा बसेवापत  दुई लाख रकम दिने भनिएको थियो । -रासस

प्रकाशित: Oct 01, 2020| 01:54 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।