शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चाडपर्वका लागि भाेलिदेखि सुपथ मूल्य पसल सञ्चालन हुने

चाडपर्वका लागि भाेलिदेखि सुपथ मूल्य पसल सञ्चालन हुने

सरकारले यस वर्ष पनि चाड पर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। 
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं- सरकारले यस वर्ष पनि चाड पर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार १५ असोजदेखि सुपथ मूल्य पसल सञ्चालनमा आउने छन्।

दशैं, तिहार र छठ पर्वहरुलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका देशभरका रहेका कार्यालय, डिपो, डिलरहरुका साथै घुम्ती सेवा पसल एवं अनलाइन मार्फत् उपभोक्तालाई सरल, सहज एवम् सहुलियत मूल्यमा दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरु चामल, चिनी, नून, सिमी, दाल, खसी÷च्याङ्ग्रा लगायतमा छुट दिएर सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो। 

उपत्यकाका कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जावालाखेल, भक्तपुरका साथै घुम्ती सेवा पसल र अनलाइन मार्फत उपत्यका सहित अन्य ४९ स्थानहरुबाट र दुग्ध विकास संस्थानका आउटलेटहरु लैनचौर, न्यूरोड, खुमलटारका साथै तोकिएका अन्य स्थानहरुबाट ६ मंसिर २०७७ को भोलिपल्टसम्म दैनिक उपभोग्य खाद्य वस्तुहरु सहुलियत मूल्यमा बिक्री वितरण हुनेछन्। 

उपभोक्ताहरुले नून प्रति किलो १८ रुपैयाँ, चिनी प्रतिकिलो ७० रुपैयाँ, घ्यु ८७० रुपैयाँमा किन्न सक्ने छन्। त्यस्तै चामलमा ५ रुपैयाँ छुट दिइएको छ। 

खसीबोका/च्याङ्ग्रामा १० रुपैयाँ, दालमा ५ रुपैयाँ, सिमी लगायत गेडागुडी १० रुपैयाँ र फापर तथा केराउमा ५ रुपैयाँ प्रतिकिलो छुट दिने निर्णय गरिएको छ।

प्रकाशित: Sep 30, 2020| 14:50 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।