शनिबार, भदौ १३, २०८३

सुदूरपश्चिममा एकै दिन झण्डै २ सय संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा आज (बुधबार) झण्डै २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा आज (बुधबार) झण्डै २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशका चार वटा प्रयोगशालामा ५७२ जनाको परीक्षण गरिएकोमा १९६ जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये १५६ जना कैलालीका हुन्। 

सेती प्रादेशिक अस्पतालमा ३५० जनाको परीक्षणमा १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यस्तै कञ्चनपुरमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बझाङका ३ जना, अछाम, डडेल्धुरा र बैतडीका एक–एक जनामा कोरोना पुष्टि भएको छ।

यस्तै बर्दियाका एकजनामा संक्रमण पुष्टि भएको छ।

डोटी अस्पतालको प्रयोगशालामा ५६ जनाको परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये डोटीका ७ र अछामका २ जना छन्।

डेल्धुरामा अस्पताल प्रयोगशालामा ३९ जनाको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

जिल्ला अस्पताल बझाङमा १२७ जनाको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Sep 30, 2020| 13:05 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।