चितवन- भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको छ।
अस्पतालका अनुसार आज (बुधबार) १६९ जनाको कोरोना परीक्षण गरिएकोमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रमुख नीतु अधिकारीले जानकारी दिइन्।
संक्रमण पुष्टि हुनेमा भरतपुरका विभिन्न वडाका ७ जना छन्। त्यस्तै राप्ती गाउँपालिकाका ४ जना, खैरहनीका ५ जना तथा रत्ननगर नगरपालिकाका ६ जना छन्।
यस्तै नवलपरासी पूर्वको कावासोतीका १ जनामा कोरोना पुष्टि भएको छ।