शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्रिकेटमा अनलाइन सट्टाबाजी गराएको आरोपमा ३ जना पक्राउ 

क्रिकेटमा अनलाइन सट्टाबाजी गराएको आरोपमा ३ जना पक्राउ 

युएईमा जारी भइरहेको ईन्डियन प्रमियर लिग (आइपीएल) क्रिकेटमा अनलाइनमार्फत् सट्टाबाजी गरेको आरोपमा मोरङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं- युएईमा जारी भइरहेको ईन्डियन प्रमियर लिग (आइपीएल) क्रिकेटमा अनलाइनमार्फत् सट्टाबाजी गरेको आरोपमा मोरङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१५ भट्टीमोड बस्ने ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ वर्षीय बैजनाथ साह र ४२ वर्षीय जगदिश साह छन्। 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सत्यजितलाई मोबाइल फोनबाट आइपीएल खेल हार्ने वा जित्ने भनी अनलाइनमार्फत् सट्टावाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न बैजनाथ र जगदिशलाई समेत प्रहरीले पक्राउ गरेको हो। साथै उनीहरुको साथबाट नगद ६० हजार रुपैयाँ, ३ थान मोबाइल, १ थान ल्यापटप र १ थान मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।

पक्राउ व्यक्तिहरूविरुद्ध जुवा वा सट्टाबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित: Sep 30, 2020| 12:05 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।