शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वामदेवको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार फेरि सुनुवाइ

वामदेवको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार फेरि सुनुवाइ

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ।
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतमा बुधबार बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। अब यो मुद्दाको सुनुवाइ शुक्रबार हुनेछ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ भएको मुद्दामा कानुन व्यवसायीको बहस नसकिएकाले ‘हेर्दाहेर्दै’मा राखिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

२०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन्।

मनोनयविरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए। रिटमा प्रतिनिधिसभा निर्वाचनमा पराजित व्यक्तिलाई सभाको त्यही कार्यकालभित्र संघीय संसदमा लैजान र मन्त्री बनाउन नमिल्ने जिकिर गरिएको छ।

यसअघि ७ असोजमा भएको सुनुवाइमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश दिएको थियो। 

प्रकाशित: Sep 30, 2020| 11:45 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।