शनिबार, भदौ १३, २०८३

डा. केसीको अवस्था जोखिमपूर्ण : शिक्षण अस्पताल

अस्पतालले जारी गरेको विज्ञप्तिमा डा केसीमा कुनै पनि बेला मुटु र स्नायुसम्बन्धी समस्या आउनसक्ने र त्यसो भएमा ज्यानकै जोखिम हुने उल्लेख छ।
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं-  चिकित्सा शिक्षा सुधारको लागि १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै गएको छ। 

त्रिवि शिक्षण अस्पतलाका अनुसार डा. केसीकोे रगतमा चिनीको मात्रा र सिरम इलेक्ट्रोलाइट्स निकै कम भइसकेकाले उनको जीवन नै खतरामा परेको छ। 

अस्पतालले जारी गरेको विज्ञप्तिमा डा केसीमा कुनै पनि बेला मुटु र स्नायुसम्बन्धी समस्या आउनसक्ने र त्यसो भएमा ज्यानकै जोखिम हुने उल्लेख छ। अस्पतालका अनुसार उनको रगतमा ह्वाइट ब्लड सेल्सको मात्रा निकै न्यून हुँदा संक्रमणको ठूलो जोखिम छ।

अस्पतालले डा केसीलाई बारम्बार चक्कर आउने, मुटुको धड्कन बढेको, छाती दुख्ने, जिउ गल्ने, शरीरका मांशपेशी दुख्ने/बाउँडिने लगायतका समस्या देखिएको पनि जनाएको छ।

डा केसीलाई आइसीयूमा राखी निगरानी र उपचार व्यवस्था गर्नुपर्ने अवस्था भए पनि उनले सामान्य सलाइन लिन बाहेक अरु केही पनि नमानेको विज्ञप्तिमा उल्लेख छ। 


 

प्रकाशित: Sep 30, 2020| 11:30 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।