शनिबार, भदौ १३, २०८३

प्रदेश १ मा आज ४ जनाको मृत्यु, १५७ संक्रमित थप

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ। सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १–१ पुरुषको मृत्यु भएको छ।
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ। सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १–१ पुरुषको मृत्यु भएको छ।

हालसम्म ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका ५७ र १४ जना अन्य प्रदेशका छन्। 

प्रदेश १ मा बुधबार १५७ कोरोना संक्रमित थपिएका छन्। मोरङमा १०२, सुनसरीमा ४०, झापामा ९, उदयपुर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन्। 

मन्त्रालयका अनुसार विराटनगरमा ७६ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये २८ महिला र ४८ पुरुष छन्। मोरङको बुढीगंगामा ४ महिला १० पुरुष, कटहरीमा ४ महिला ७ पुरुष तथा कानेपोखरीमा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उता सुनसरीको धरानमा ५ महिला १३ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, इनरुवामा १ महिला १ पुरुष, बराहक्षेत्रमा १ महिला, दुहवी र हरिनगरमा १–१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको विर्तामोडमा २ महिला १ पुरुष, मेचीनगरमा २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र स्थानीय तह नखुलेका १–१ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, ओखलढुङ्गामा १ महिला, प्रदेश १ बाहिरका ४ पुरुष संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ७९८ पुगेको छ। 

प्रदेश १ मा बुधबार ५३ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट २९, विराट मेडिकल कलेजबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, मेची अस्पताल र होटल एशियाटिक आइसोलेसनबाट ५–५, न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका छन्।

डिस्चार्ज हुनेको संख्या ३ हजार ९८ पुगेको छ। प्रदेश १ मा बुधबार ९७१ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ५२ महिला र १०५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेशमा हालसम्म १ लाख २३ हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: Sep 30, 2020| 11:15 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।