शनिबार, भदौ १३, २०८३

५६ हजार ४२८ जना कोरोना भाइरसमुक्त 

नेपालमा बुधबारसम्म ५६ हजार ४२८ जना कोरोना भाइरस मुक्त भएका छन्। यो कुल संक्रमितको ७२.५ प्रतिशत हो। 
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं– नेपालमा बुधबारसम्म ५६ हजार ४२८ जना कोरोना भाइरस मुक्त भएका छन्। यो कुल संक्रमितको ७२.५ प्रतिशत हो। 

पछिल्लो २४ घण्टामा एक हजार ५७ जना कोरोनामुक्त भएका छन्। 

प्रदेश १ मा पाँच हजार ९४, प्रदेश २ मा १३ हजार ७३९ र बागमतीमा १५ हजार ७०५ जना कोरोना मुक्त भएका छन्। 

यस्तै गण्डकी प्रदेशमा कोरोनामुक्त हुनेको संख्या तीन हजार ३४८ रहेको छ भने प्रदेश ५ मा आठ हजार ७५९ जना कोरोनामुक्त भएका छन्। 

यस्तै कर्णालीमा दुई हजारर ९१५ र सुदूरपश्चिममा ६ हजार ८६८ जना कोरोना भाइरस मुक्त भएका छन्।

देशमा सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ भने आजसम्म ७७ हजार ८१७ जनामा कोरोना भाइरस संक्रमण भएको छ। 

यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ जना रहेको छ। पछिल्लो २४ जनामा पाँच जनाको मृत्यु भएको छ। 

प्रकाशित: Sep 30, 2020| 11:06 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।