शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वामदेवविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाई हुँदै

वामदेवविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाई हुँदै

नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभामा मनोनयनविरुद्ध परेको रिटमा आज (बुधबार) सुनुवाई हुँदैछ। 
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं–  नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभामा मनोनयनविरुद्ध परेको रिटमा आज (बुधबार) सुनुवाई हुँदैछ। 

२०७४ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्।

उक्त मनोनयनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुन लागेको हो।

प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई सभाको त्यही कार्यकालभित्र संघीय संसदमा लैजान र मन्त्री बनाउन नमिल्ने भनि त्रिपाठीले रिट हालेका थिए।

यसअघि ७ असोजमा रिटमाथि सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश गरेको थियो। 

उक्त इजलासले उक्त रिटबारेको थप सुनुवाई संवैधानिक इजलासमा हुने आदेश गरेपछि आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन्। 
 

प्रकाशित: Sep 30, 2020| 05:42 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।