धरान– सप्तरीको राजविराज ४ का ३९ वर्षीय कोरोना संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना अस्पतालमा मृत्यु भएको छ।
ज्वरो, खोकी, श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई कोरोना भएको आशंकामा गोल्डेन अस्पताल बिराटनगरले रेफर गरेको थियो।
१० वर्षदेखि मधुमेह, उच्च रक्तचाप र मृगौलाको समस्या भएका उनलाई गते ९ असोजमा कोरोना पुष्टि भएको थियो।
प्रतिष्ठामा १० गते भर्ना गरेर भेन्टिलेटरमा उपचार गराइरहेका उनको बुधबार विहान सवा ३ बजे मृत्यु भएको हो।
शवको व्यवस्थापन नियमानुसार भइरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा दिनेश सापकोटाले बताएका छन।