भैरहवा- लुकाईछिपाई भारततर्फ लैजादै गरेको अवस्थमा प्रहरीले करिब एक करोड मूल्य पर्ने अफिम सहित एक जना महिलालाई पक्राउ गरेको छ ।
कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार कृष्णनगर नगरपालिका वडा नम्बर २ पिपलबोटको चेक प्वाईन्टबाट साढे ७ किलो अफिम बरामद भएको हो ।
प्रहरिले लु १ ह १५७ नम्बरको अटोमा कृष्णनगर तर्फ जाँदै गरेको अटो र उक्त अटोमा रहेकी रोल्पा जिल्ला कुलेरी गाँउपालिका १ कुरेली बस्ने ४९ बर्षकी सीता रोकालाई पक्राउ गरेको हो ।
प्रहरिले शंका लागेर चेकजाच गर्दा सीताको झोलामा साढे ७ किलो अफिम भेटिएको उपरिक्षक अधिकारिले बताए ।
चालकको सिट पछाडी अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा २ केजी र पछाडी राखेको रेग्जिनको झोलामा रहेको साढे ५ केजी गरि सो परिमाणको अफिम भेटिएको हो । उक्त अफिमको मूल्य करिब १ करोड पर्ने प्रहरीले जनाएको छ ।
सीतासँगै प्रहरीले अटो चालक कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर ५ का २० बर्षिय शुसिल क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।