शनिबार, भदौ १३, २०८३

कोरोनाबाट ज्यान गुमाउनेभन्दा निको हुने ११२ गुणा बढी

हाल नेपालमा कोरोनाबाट ४ सय ९१ जनाले ज्यान गुमाउँदा ५५ हजार ३ सय ७१ जना कोरोना जितेर घर फर्किएका छन् ।
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेभन्दा निको हुनेको संख्या १ सय १२ गुणा बढी रहेको छ । 

हाल नेपालमा कोरोनाबाट ७६ हजार २ सय ५८ जना संक्रमित भएका छन् भने ५५ हजार ३ सय ७१ जना कोरोना जितेर घर फर्किएका छन् । 

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ९१ पुगेको छ । जुन संक्रमित भएकाहरुको संख्याको तुलानामा ०.६४ प्रतिशत मात्रै हो । 

यस्तै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेभन्दा कोरोना जितेर घर फर्किनेको संख्या १ सय १२ दशमलव ७७ गुणा धेरै रहेको छ । हाल नेपालमा संक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ छ।

यस्तै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेभन्दा कोरोना जित्नेको संख्या २३.१४ गुणाले धेरै छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार हाल विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड ३५ लाख ५७ हजारभन्दा धेरै छ ।

जसमा कोरोना जित्नेको संख्या २ करोड ३२ लाख ९६ हजार ९ सय ८८ छ भने ज्यान गुमाउनेको संख्या १० लाख ६ हजार ४ सय ९३ पुगेको छ । जुन कोरोनाबाट ज्यान गुमाउनेकाे तुलानामा निको हुनेको  संख्या २३.१४ गुणाले बढी हो । 

प्रकाशित: Sep 30, 2020| 03:19 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।