शनिबार, भदौ १३, २०८३

टोटेनहमसँग चेल्सी पराजित

इंग्लिस फुटबल लिग अन्तर्गत काराबाओ कपको मंगलबार राति सम्पन्न खेलमा टोटेनहमले जित निकालेको छ। 
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं– इंग्लिस फुटबल लिग अन्तर्गत काराबाओ कपको मंगलबार राति सम्पन्न खेलमा टोटेनहमले जित निकालेको छ। 

टोटेनहमको मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम चेल्सीलाई पेनाल्टीमा ५–४ गोलले पराजित गरेको हो।

यता खेलको पहिलो हाफमा चेल्सीका टिमो वेर्नरले गोल गर्दै क्लबलाई सुरुवाति अग्रता दिलाएका थिए।

तर दोस्रा हाफको ८३ औं मिनेटमा टोटेनहमका एरिक लामेलाले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

प्रतिस्पर्धात्मक खेलमा अन्य गोल हुन नसक्दा खेलको नजिता टाई ब्रेकरबाट लिइएको थियो।

तर टाई ब्रेकरको अन्तिम गोलमा चेल्सीका मेसन माउन्टले गोल गर्न नसकेपछि टोटेनहमले खेल जितेको हो।

आजका खेल
न्युपोर्ट काउन्टी र न्युकासलः राति सवा १० बजे
बर्नली र म्यानचेस्टर सिटीः राति पौने १२ बजे
ब्राइटोन र म्यनचेस्टर युनाइटेडः राति साढे १२ बजे
एभर्टन र वेस्ट हामः राति साढे १२ बजे
 

प्रकाशित: Sep 30, 2020| 00:55 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।