शनिबार, भदौ १३, २०८३

'स्यानिटाइजरको लोभ नगरौँ, हात भिज्ने गरी दलौँ'

हात सफा छ भने २० देखि ३० सेकेण्डसम्म रगड्दा त्यसले काम गर्छ। तर, हातमा धेरै धुलो वा फोहोर छ भने स्यानिटाइजर जति दले पनि असर गर्दैन।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– स्यानिटाइजर प्रयोग गर्दा हात भिज्ने गरी प्रयोग गर्न विज्ञले आग्रह गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले गुणस्तरीय स्यानिटाइजर हात भिज्ने गरी प्रयोग गर्न अनुरोध गरेका हुन्। 

‘स्यानिटाइजर सकिन्छ कि भन्ने लोभमा थोरै–थोरै प्रयोग नगरौँ। त्यसको कुनै अर्थ हुँदैन। हात भिज्नेगरी लगाएर २० सेकेण्डसम्म रगड्नुपर्छ। हात सफा छ भने २० देखि ३० सेकेण्डसम्म रगड्दा त्यसले काम गर्छ। तर, हातमा धेरै धुलो वा फोहोर छ भने स्यानिटाइजर जति दले पनि असर गर्दैन। हातको स्वच्छताको लागि सम्भव भएसम्म साबुन–पानीले धुनु नै पर्छ,’ उनले भने।

हात बढी फोहोर भएमा २० सेकेण्ड धोएर नपुग्ने भन्दै उनले एक मिनेटसम्म धुनुपर्ने सुझाव दिए। स्यानिटाइजर तथा साबुनपानी उपलब्ध नभए खरानीले पनि हात सफा गर्न सकिने दुवाडीले बताए। कोरोना भाइरसबाहेक अन्य सरुवा रोग नियन्त्रणका लागि पनि हातको स्वच्छता आवश्यक रहेको उनको भनाइ थियो।

उनले भने, ‘पानीले मात्रै हात सफा गर्दा पनि ८० प्रतिशत किटाणु नष्ट हुन्छ। हात धुन पिउने पानी चाहिँदैन। साबुन–पानीले हात धुन लागि सामान्य पानी प्रयोग गर्न सकिन्छ। एकपल्ट हात धुन आधा लिटरदेखि दुई लिटरसम्म पानीको प्रयोग गर्नुपर्छ।’ 

साबुनपानीले हात धोएपछि अन्य काम गर्नुअघि सुख्खा बनाउनुपर्ने सुझाव दुवाडीले दिए। ‘सरुवा रोग सामान्यतया हातबाट फैलिने भएकोले हातको स्वच्छता अपरिहार्य छ,’ उनले भने।
 

प्रकाशित: Sep 29, 2020| 12:20 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।