शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सशस्त्र प्रहरीद्वारा मकवानपुर र सिरहाबाट ७१ किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा मकवानपुर र सिरहाबाट ७१ किलो गाँजा बरामद

 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– सशस्त्र प्रहरीको टोलीले मकवानपुरबाट ५२ किलो लागूऔषध गाँजा बरामद गरेको छ।

हेटौडा उपमहानगरपालिका १२ रमनटार स्थित राप्ती खोलाको किनारबाट सशस्त्रको टोलीले ५२ किलो गाँजा बरामद गरेको हो। 

सशस्त्र प्रहरी बल, नेपाल आईराटी पोष्ट कत्लेखोलाबाट खटिएको टोलीले ना २ ह १३१० नम्बरको अटोबाट गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरीको टोली देखेपछि चालकले अटो छोडेर भागेका थिए। प्रहरीले बरामद गरेको गाँजा र अटो प्रहरीको जिम्मा लगाएको छ।

त्यस्तै सिरहाको सुखिपुर नगरपालिका ४ बनैनिया चोकबाट १९ केजी गाँजा बरामद गरेको छ। को २९ प १४८७ नम्बरको मोटरसाईकलमा राखी नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद भएको हो। 
 

प्रकाशित: Sep 29, 2020| 12:16 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।