शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेशमा आज एक जना मात्रै संक्रमित थपिए, कुनमा कति? 

कर्णाली प्रदेशमा आज एक जना मात्रै संक्रमित थपिए, कुनमा कति? 

कर्णाली प्रदेशमा आज एक जना मात्र संक्रमित थपिएका छन्। 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– कर्णाली प्रदेशमा आज एक जना मात्र संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णाली प्रदेशको रुकुम पश्चिमका पछिल्लो २४ घण्टामा एक जना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको हो। 

आज बागमती प्रदेशमा सबैभन्दा बढी एक हजार २८ जनामा संक्रमण पुष्टि भएको छ। 

प्रदेश–१ मा १४९, प्रदेश–२ मा ५७ र गण्डकी प्रदेशमा ३५ जना थपिएका छन्। प्रदेश–५ मा १९८ र सुदूरपश्चिम प्रदेशमा ४४ जना संक्रमित थपिएका छन्। 

गण्डकी प्रदेशको मनाङ र मुस्ताङ संक्रमणमुक्त भएका छन्। त्यसैगरी कर्णाली प्रदेशका डोल्पा, मुगु र हुम्लामा पनि सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेश–१ मा एक जना, प्रदेश–२ मा दुई जना, बागमती प्रदेशमा तीन जनाको मृत्यु भएको छ।  
त्यसैगरी प्रदेश–५ मा दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।   
 

प्रकाशित: Sep 29, 2020| 11:04 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।