शनिबार, भदौ १३, २०८३

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

प्रदेश १ मा १ सय २२ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुममा २, भोजपुर, उदयपुर र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जना छन् । 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

विराटनगर–  पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ ।

झापा, मोरङ र सुनसरीमा थप १–१ जना पुरुषको मृत्यु भएको हो । हाल सम्म ६७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा १ सय २२ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुममा २, भोजपुर, उदयपुर र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जना छन् । 

मन्त्रालयका अनुसार विराटनगरमा मंगलबार ६१ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये २९ महिला र ३२ पुरुष छन् । 

मोरङको कटहरीमा ५ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, सुन्दरहरैचामा २ पुरुष, उर्लाबारीमा १ महिला, सुनबर्षीमा १ पुरुष, स्थानीय तह नखुलेका २ महिला १० पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा २ महिला ५ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, झापाको दमक र भद्रपुरमा ३–३ पुरुष, अर्जुनधारामा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला, तेह्रथुमका २, भोजपुर र उदयपुरका १–१ पुरुष, इलामको माई नगरपालिकाका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।  

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ६४१ पुगेको छ । 

प्रदेश १ मा मंगलबार १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १ सय ६०, रुम्झाटार आईसोलेसन केन्द्र, ओखलढुङ्गाबाट ३, विराट मेडिकल कलेज, बुढीगंगाबाट २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ४१ पुगेको छ ।

प्रदेश १ मा मंगलबार ८ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३९ महिला र ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २२ हजार ७७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


 

प्रकाशित: Sep 29, 2020| 10:57 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।