शनिबार, भदौ १३, २०८३

माटोको ढिस्कोले पुरिएर स्याङ्जामा एकको मृत्यु

 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– स्याङ्जामा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ। वालिङ नगरपालिका–११ बस्ने ३९ वर्षीय दुर्गाबहादुर थापाको मृत्यु भएको हो। 

स्थानीय पनिर गैहमा गिट्टि निकाल्ने क्रममा माथीबाट खसेको ढिस्कोले पुरिएर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको स्याङ्जाका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

ढिस्कोले पुरिएर तीनजना घाइते भएका थिए। घाइते भएका वालिङ नगरपालिका ११ कै ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिंजाली भने सामान्य छन्। उनीहरु उपचार पश्चात घर फर्किसकेका छन्। 

प्रकाशित: Sep 29, 2020| 10:55 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।