शनिबार, भदौ १३, २०८३

मन्त्रिपरिषद् पुनर्गठनमा आज पनि कुरा मिलेन

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा निरन्तर छलफल गरिरहेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आजको छलफल पनि निष्कर्षविहीन भएको छ। 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– मन्त्रिपरिषद् पुनर्गठनका विषयमा निरन्तर छलफल गरिरहेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आजको छलफल पनि निष्कर्षविहीन भएको छ। 

बालुवाटारमा भएको छलफलमा आज पनि कुनै ठोस सहमति हुन नसकेको स्रोतले जनाएको छ।  बैठकमा आज पनि दाहालले मन्त्रिपरिषद् पुनर्गठनमा सबै मन्त्रीहरु फेरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए। तर, ओलीले सबै मन्त्रीहरु नफेर्ने केही मात्रै फेरर जानुपर्ने बताएका छन्।

लगातार पाँच पटकसम्म ओली–दाहालले छलफल गरे पनि टुंगोमा पुग्न सकेको छैन। दुई अध्यक्षबीच बुधवार पनि मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा छलफल हुने बताइएको छ। 

ठोस सहमति हुन नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा केही ढिलाइ हुने संकेत देखिएको छ। 

मन्त्रिपरिषद् पुनर्गठन कुन विधि, प्रक्रियाबाट गर्ने, मापदण्ड के बनाउने भन्ने विषयमा अध्यक्षद्वयबीच सहमति जुट्न सकिरहेको छैन। 
 

प्रकाशित: Sep 29, 2020| 10:21 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।