शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बझाङ घटनाबारे सुदूरपश्चिमका संघीय सांसदद्वारा सभामुखको ध्यानाकर्षण

बझाङ घटनाबारे सुदूरपश्चिमका संघीय सांसदद्वारा सभामुखको ध्यानाकर्षण

बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको सम्बन्धमा सुदूरपश्चिमका संघीय सांसदहरुले सभामुखको ध्यानाकर्षण गराएका छन्।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको सम्बन्धमा सुदूरपश्चिमका संघीय सांसदहरुले सभामुखको ध्यानाकर्षण गराएका छन्। सिंहदरबारस्थित कार्यकक्षमा पुगेर सांसदहरुले सभामुखको ध्यानाकर्षण गराएका हुन्। 

सो अवसरमा सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षिया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताए। घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने सभामुखको भनाइ छ। 

सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गरे। उनले आफ्नो तर्फबाट समेत विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त  गरे। 

बझाङबाट प्रतिनिधि सभा सदस्य आशा कुमारी विक लगायतका सांसदहरुले सभामुख सापकोटालाई भेटेर बझाङकी १२ वर्षिया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहिका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन्।

सांसदहरुले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाहि र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराएका थिए। 
 

प्रकाशित: Sep 29, 2020| 09:52 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।