शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १० रुपैयाँमा किनेको ब्रोइलरको चल्ला लोकल बनाएर २०० मा बिक्री

१० रुपैयाँमा किनेको ब्रोइलरको चल्ला लोकल बनाएर २०० मा बिक्री

ब्रोइलरको चल्लामा रंग लगाएर लोकल भन्दै बिक्री गर्दै आएको भन्ने सूचनापछि प्रहरीले छापा हानेको हो। 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– महानगरीय प्रहरी वृत्त कालिमाटीले ब्रोइलर कुखुराको चल्लालाई लोकल भन्दै बिक्री गरेको आरोपमा कलंकीबाट चार जनालाई पक्राउ गरेको छ। 

ब्रोइलरको चल्लामा रंग लगाएर लोकल भन्दै बिक्री गर्दै आएको भन्ने सूचनापछि प्रहरीले छापा हानेको हो। 

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहराले चल्लामा कालो, रातो लगायतको रंग लगाएर लोकल भन्दै महँगोमा बिक्री गर्ने पाइएको जानकारी दिए। 

पक्राउ पर्नेमा प्रेमसिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाह रहेका छन्।  प्रहरीले तयारी गरेको र रंग लगाउन बाँकी २८ हजार ६ सय चल्ला बरामदसमेत गरेको छ।

१० रूपैयाँमा गरिद गरी ल्याइएका चल्ला २ सय रुपैयाँसम्म बिक्री गर्दै आइरहेको खुलेको छ। 
 

प्रकाशित: Sep 29, 2020| 08:31 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।