शनिबार, भदौ १३, २०८३

ओली–दाहाल आज पनि छलफलमा

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा निरन्तर छलफल गरिरहेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल सुरु भएको छ। 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– मन्त्रिपरिषद् पुनर्गठनका विषयमा निरन्तर छलफल गरिरहेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल सुरु भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्न दाहाल केहीबेर अघि पुगेका हुन्। दाहालका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षबीच छलफल भइरहेको जानकारी दिए। 

यसअघि सोमबार पनि ओली–दाहालबीच छलफल भएको थियो।  करिब ३ घण्टासम्म भएको छलफलमा ठोस सहमति हुन सकेन।

मन्त्रिपरिषद् पुनर्गठनकै लागि ओली र दाहालबीच गत बिहीबारदेखि नियमित छलफल भइरहेको छ। 

मन्त्रिपरिषद् पुनर्गठन कुन विधि, प्रक्रियाबाट गर्ने, मापदण्ड के बनाउने भन्ने विषयमा अध्यक्षद्वयबीच सहमति जुटन् सकिरहेको छैन। 

४ असोजमा बसेको नेकपाको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले प्रधानमन्त्री बाहेकका सबै मन्त्रि हटाएर नयाँलाई बनाउनुपर्ने धारणा राखेका थिए। 

तर, ओली त्यसमा सहमत छैनन्। उनी कार्यसम्पादन कमजोर भएकाहरुलाई हटाएर बाँकी नयाँ थपेर जाने पक्षमा देखिएका छन्। 

नेकपाभित्र वामदेव गौतमलाई पनि मन्त्रिपरिषद् बैठकमा सहभागी गराउनुपर्ने विषयले प्रवेश पाएको छ। उनीविरुद्ध परेको रिटको पेसी १४ गतेलाई तोकिएको छ। वामदेव गौतमविरुद्वको मुद्दाको टुंगो लागेपछि सहमति हुन सक्ने नेताहरु बताउँछन्। 

दुई अध्यक्षबीच केही मन्त्रालय फुटाएर भए पनि सहमति गर्न विषयमा पनि छलफल भइरहेको छ। 


 

प्रकाशित: Sep 29, 2020| 06:42 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।