शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • के फेरि लोडसेडिङ हुँदै छ ? प्राधिकरण भन्छ- यस्तो कल्पनै नगर्नुस्, खपत बढाउनुस्

के फेरि लोडसेडिङ हुँदै छ ? प्राधिकरण भन्छ- यस्तो कल्पनै नगर्नुस्, खपत बढाउनुस्

विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला भन्छन्– ‘देशमा फेरि लोडसेडिङ हुने सम्भावना छैन। यस्तो कल्पना नगर्नुस्।’ 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– गत शनिबार बालाजु, मनमैजु, ठमेल, धोबीखोलालगायतका क्षेत्रमा पटकपटक बत्ती गयो। 

आइतबार बागबजार, नारायणहिटी, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, पानीपोखरी, गैह्रीधारा, ठमेल, सामाखुसी, टंगाल, बबरमहल क्षेत्रमा लामो समय बत्ती काटियो। 
सोमबार पनि राजधानीका विभिन्न ठाउँमा बत्ती गएको थियो। मंगलबार बिहान सिंहदरबारमै १५ मिनेट लाइन आएन। 

काठमाडौं उपत्यकामा मात्रै होइन, एक महिनायता देशका विभिन्न जिल्लामा झ्याप्प झ्याप्प बत्ती जान थालेको छ। 

पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका नागरिकले अस्वाभाविक रूपमा अघोषित लोडसेडिङको सामना गरिरहेका छन्। 
मकवानपुरमा पछिल्लो एक सातामा बिनासूचना पटकपटक बत्ती काटिएको छ। 

हेटौंडा वितरण केन्द्रका इन्जिनियर योगेन्द्र ठाकुर वितरण प्रणालीमा भएको प्राविधिक खराबीले बत्ती काटिएको बताउँछन्। नेपाल विद्युत् प्राधिकरणले भने केही स्थानमा प्राविधिक कारणले बत्ती काटिएको बताउँदै आएको छ। 

‘अब लोडसेडिङ कहिल्यै फर्किंर्दैन’

देशका विभिन्न ठाउँमा किन बत्ती गइरहन्छ? के यो लोडसेडिङको निरन्तरता हो? विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला भन्छन्– ‘देशमा फेरि लोडसेडिङ हुने सम्भावना छैन। यस्तो कल्पना नगर्नुस्।’ 

निमित्त कार्यकारी निर्देशक कोइराला मागभन्दा उत्पादन बढी भएकाले फेरि लोडसेडिङ हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्छन्।

प्राधिकरणका अनुसार अचेल बिहान साढे ८ सय मेगावाट, दिउँसो ११ सय ७५ मेगावाट, साँझ १३ सय ८५ मेगावाट र राति ७ सय मेगावाटको माग छ। औसतमा एक हजार मेगावाटको माग छ। नेपालमा ११ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ। ५० मेगावाट भारतबाट आयात भइरहेको छ। 

अचेल बत्ती काटिनुको मुख्य कारण वितरणमा प्रणालीमा देखिएको समस्या रहेको कोइराला बताउँछन्। हुरी र वर्षाका कारण कतिपय ठाउँमा पोल ढलेका छन्।

तारमा खिया लागेका छन्। पुराना ट्रान्सफर्मरमा समस्या देखिएका छन्। वितरण प्रणालीमा देखिएको समस्या केही दिनमा समाधान हुने कोइरालाको दाबी छ। 

विद्युत् आपूर्तिमा कहिलेकहीं देखिने समस्यालाई लोडसेडिङका रूप नअथ्र्याउन भन्दै प्राधिकरणले गत बुधबार विज्ञप्ति नै जारी गरेको थियो। 

बिना सूचना बत्ती काटिन थालेपछि नागरिकले जेनेरेटर र इन्भर्टर किन्न थालेका छन्। बजारमा ऊर्जाको वैकल्पिक स्रोतको खोजी हुन थालेको व्यापारीहरु बताउँछन्।

सामाजिक सञ्जालमा भएको हल्लाका भरमा जेनेरेटर र इन्भर्टर नकिन्न प्राधिकरणले अपिल गरेको छ। प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइराला भन्छन्, ‘ढुक्क हुनुस्, समस्या केही दिनमै समाधान हुन्छ। बरु बिजुलीको खपत बढाउनुस्।’

प्रकाशित: Sep 29, 2020| 06:31 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।