शनिबार, भदौ १३, २०८३

मनुजबाबु मिश्रको निबन्धसंग्रह ‘एकलानुभूति’ सार्वजनिक

झन्डै ३० वर्ष काठमाडौंको बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको संग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– झन्डै ३० वर्ष काठमाडौंको बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको संग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ।

‘एकलानुभूति’ मा मिश्रका यसअघि प्रकाशित ६ वटा निबन्ध संग्रहबाट साहित्यकार अमर न्यौपानेले छानेका निबन्ध संग्रहित छन्। 

मिश्रका विभिन्न निबन्ध संग्रहका फरक–फरक अनुहारका रूपमा यो पुस्तक रहेको न्यौपानेले बताए। 

‘एउटै मनुजबाबु मिश्रमा तारानाथ शर्माको जस्तो झर्रो शैली, लक्ष्मीप्रसाद देवकोटाको जस्तो स्वच्छन्दता र भैरव अर्यालको जस्तो हास्यव्यङ्ग्य पाइन्छ,’ न्यौपानेले भने, ‘उनको लेखनमा अद्भुत बौद्धिकता, अनुभूतिको तीव्रता र स्मरणशक्तिको गहिराइ पाइन्छ।’

पाठकले नसोचेको तर सोच्नुपर्ने ठाउँमा मिश्रका निबन्धले पुर्‍याउने न्यौपानेको भनाइ छ।

प्राध्यापक अभि सुवेदीले मिश्रका निबन्धमा निजत्व र विचारको प्रभावकारी संयोजन भएको बताए। ‘एक कलाकार भएका कारणले मिश्र निबन्धलाई पनि तूलिकाघात गरेर बनाउने कलाका रूपमा लिन्छन्,’ सुवेदीले भने, ‘त्यसैले उनका चित्रकलामा जस्तै निबन्धमा उपमा र उपमेयका सूक्ष्म रचना नभएर दृष्टिगोचर, सोझै प्रभाव सिर्जना गर्ने भाष्यको प्रयोग गरिएको हुन्छ।’ मिश्रले ज्ञान, विज्ञान र निजत्व बुझाउने संस्मरणजन्य विषयलाई आफ्ना निबन्धमा समेटेको सुवेदीको भनाइ छ। 

एक विशिष्ट कलाकारका कृतिलाई पाठकसामु ल्याउन पाउनु आफूहरूका लागि सौभाग्यको विषय भएको प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले बताए।

‘मिश्र एक महान् कलाकार हुन्, उनका चित्रकला जति जीवन्त छन्, निबन्ध पनि उत्तिकै प्रभावशाली छन्,’ उनले भने, ‘मिश्रले भोगको समाज, त्यति बेलाको विश्व एवम् विविध विषयलाई अहिलेको पुस्ताले पढ्नुपर्छ भनेर यो पुस्तक प्रकाशनमा ल्याएका हौं।’

मिश्रका कला अन्तर्राष्ट्रिय रूपमा प्रदर्शित एवम् प्रतिष्ठित छन्। निबन्ध, उपन्यास, बालसाहित्य र कलाका इतिहास गरी डेढ दर्जनभन्दा बढी पुस्तक लेखेका उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन्। मिश्रको यो निबन्ध संग्रहमा जीवनजगत्का विविध पक्षलाई सटीक ढङ्गले प्रस्तुत गरिएको छ।
 

प्रकाशित: Sep 29, 2020| 06:25 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।