शनिबार, भदौ १३, २०८३

पत्रकारको ‘कम्युनिस्ट स्कूल’ प्रकाशित

माक्र्सवादी  पाठ्यक्रममा आधारित पुस्तक ‘कम्युनिस्ट स्कूल’ सार्वजनिक भएको छ।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं । माक्र्सवादी  पाठ्यक्रममा आधारित पुस्तक ‘कम्युनिस्ट स्कूल’ सार्वजनिक भएको छ। कोभिड १९ को महामारीका बीच माक्र्सवादी कक्षा पनि सञ्चालन गरिरहेका  लेखक तथा पत्रकार मनहरि तिमिल्सिनाद्वारा लिखित पुस्तक सार्वजनिक भएको हो। 

पुस्तकमा माक्र्सवादी दर्शनका आधारभूत अन्तर्वस्तुको रक्षा, प्रयोग र विकास एवं नेपाली सापेक्षतामा क्रान्तिकारी कार्यदिशा आदिबारे व्याख्या गरिएको छ। 

समाजवादोन्मुख राज्यको संवैधानिक व्यवस्थाले नेपाली विशेषताको मौलिकतासहितको समाजवादको यात्रामा विगतका कम्युनिष्ट आन्दोलनको समीक्षासहित नयाँ र एकताबद्ध कार्यभारलाई व्यवस्थित गर्न कम्युनिष्ट विश्व दृष्टिकोण निर्माणमा पुस्तकले जोड दिएको बताइएको छ। 

नेपालका विद्यमान कम्युनिष्ट पार्टीको विवेचना गर्दै पुस्तकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता र विजयको अभियानका कारण वस्तुगत ऐतिहासिकताको जगमा उभिएको, नेत्रविक्रम चन्द समूह सारसङ्ग्रहवादी भएको, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) अकर्मण्य देखिएको, सिपी मैनाली नेतृत्वको नेकपा (माले) ले अस्तित्व धान्न प्रयासरत रहेको र  नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टीले गुणात्मक प्रगति गर्न नसकेको टिप्पणी गरिएको छ।

‘इण्डिग इन्क’ले प्रकाशन गरेको पुस्तकमा  नेकपाका अध्यक्ष दाहालको प्रतिक्रिया र नेकपाका नेता डिलाराम आचार्यको भूमिका छ।
 लेखक तिमिल्सिना तत्कालीन प्रधानमन्त्री दाहालका प्रेस संयोजक पनि हुन्।  

प्रकाशित: Sep 29, 2020| 06:00 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।