शनिबार, भदौ १३, २०८३

 भक्तपुर नगरपालिकाद्वारा ७५ शय्याको आइसोलेन संचालन

भक्तपुर नगरपालिकाले कोरोना संक्रमित नागरिकको उपचार र सङ्क्रमण नियन्त्रणका लागि आफ्नै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ। 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

भक्तपुर– भक्तपुर नगरपालिकाले कोरोना संक्रमित नागरिकको उपचार र सङ्क्रमण नियन्त्रणका लागि आफ्नै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ। 

नगरपालिकाले ब्रह्मायणीमा निर्माण गरेको बहुउद्देश्यीय भवनलाई ७५ शय्याको आइसोलेसन केन्द्रका रुपमा सञ्चालन गरेको हो।  आइसोलेसनमा  १० जना कोरोना सङ्क्रमितलाई राखिएको छ।  । 

नगरपालिकाले अहिलेसम्म खरिपाटीस्थित विद्युत प्राधिकरणको आइसोलेसन सेन्टर र भक्तपुर अस्पतालमा सङ्क्रमितलाई पठाउँदै आएको थियो।  अब भने आफ्नै आइसोलेसन केन्द्रमा राख्न सुरु गरेको हो। 

‘भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्ने हाम्रो प्रयास जारी छ तर पनि अवस्था पहिलाको जस्तो रहेन, पहिला व्यक्ति व्यक्तिमा फाटफुट देखिने सङ्क्रमण अहिले सिङ्गो परिवारमा फैलिएको छ, समुदायमा फैलिएको छ,’ नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भने। 

अब खरिपाटीको आइसोलेसन केन्द्र र भक्तपुर अस्पतालको मात्रै भर परेर बस्नु नपर्ने अवस्था सिर्जना गरिएको उनले बताए।  

सरकारले निर्धारण गरेको मापदण्ड पूरा गरेर तयार पारिएको आइसोलेसन सेन्टर सञ्चालनमा आउनुपूर्व गत शुक्रबार नगर प्रमुख प्रजापतिको नेतृत्वमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेना वीरदल गण सूर्यविनायकका शिवप्रसाद पौडेल, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलगायतको टोलीले अवलोकन गरेको थियो। 

आइसोलेसन केन्द्रको माथिल्लो तल्लामा महिला कक्ष, दोस्रो तल्लामा पुरुष कक्ष, पहिलो तल्लामा जोखिम वर्गमा परेकाहरु ज्येष्ठ नागरिक, बालबालिका, गर्भवतीलाई राख्ने कक्ष र भुइँ तल्लामा प्रशासनिक, स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मी बस्ने गरी तयारी गरिएको आइसोलेसन व्यवस्थापन समितिका संयोजक रवीन्द्र ज्याख्वाले जानकारी दिए।   
-रासस

प्रकाशित: Sep 29, 2020| 04:21 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।