शनिबार, भदौ १३, २०८३

अब वर्षाको सम्भावना कम, कुन प्रदेशको मौसम कस्तो ? 

प्रदेश नम्बर १ र गण्डकी प्रदेशबाहेक सबै प्रदेशमा पानी पर्ने सम्भावना कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं- मनसुन निष्कृय हुँदै गएसँगै देशका अधिकांश भूभागको मौसम सफा भएको छ । 

प्रदेश नम्बर १ र गण्डकी प्रदेशबाहेक सबै प्रदेशमा पानी पर्ने सम्भावना कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नम्बर १ र गण्डकी प्रदेशका केहि स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । 

उनका अनुसार अबको २÷३ दिनमा मनसुन बाहिरिने छ । पश्चिमबाट सफा हुँदै आएको मौसम पूर्वमा पुगेर टुंगिएसँगै मनसुन बाहिरिने छ। 

हाल  देशका केहि पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहेको छ भने अधिंकाश स्थानमा घाम लागेको छ । 

यस्तो हुनेछ आगामी तीन दिनको मौसम 

असोज १३ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । 

राति : प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । 

असोज १४ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

राति : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । 

असोज १५ गते (बिहिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ । 

राति : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ । 

प्रकाशित: Sep 29, 2020| 03:14 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।