शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्मचारी भर्ना गर्न प्रदेश नम्बर २ सरकारले दियो लोक सेवालाई स्वीकृति

कर्मचारी भर्ना गर्न प्रदेश नम्बर २ सरकारले दियो लोक सेवालाई स्वीकृति

प्रदेश नम्बर २ सरकारले प्राविधिक कर्मचारी भर्ना गर्न प्रदेश लोक सेवा आयोगलाई स्वीकृति दिएको छ।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

जनकपुर- प्रदेश नम्बर २ सरकारले प्राविधिक कर्मचारी भर्ना गर्न प्रदेश लोक सेवा आयोगलाई स्वीकृति दिएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशमा प्राविधिक कर्मचारी नियुक्तिका लागि स्वीकृति दिएको हो।

बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवातर्फ सातौं तहसम्मका कर्मचारी भर्ना लिनका लागि स्वीकृति प्रदान गरेको हो।

प्रदेश निजामती सेवा ऐन पारित नभएसम्म तत्काल सङ्घीय ऐनलाई नै टेकेर प्राविधिक कर्मचारी भर्ना गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको मुख्यमन्त्रीको सञ्चार सचिवालय प्रदेश नम्बर २ ले जनाएको छ।  

त्यसैगरी, सो बैठकले लोकसेवा आयोगको ओएनएम पारित गर्नुका साथै प्रदेश लोकसेवाको सचिवमा कामकाज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवलाई जिम्मेवारी दिएको छ।

कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले ती दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया शुरु गरेको छ। –रासस 

प्रकाशित: Sep 29, 2020| 02:44 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।