शनिबार, भदौ १३, २०८३

मोरङ र सुनसरीका थप २ संक्रमितको मृत्यु

मोरङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङको सुनबर्षी नगरपालिका ७ का ६८ बर्षीय पुरुषको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार विहान ३ बजे मृत्यु भएको हो।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

विराटनगर– मोरङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।  

मोरङको सुनबर्षी नगरपालिका ७ का ६८ बर्षीय पुरुषको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार विहान ३ बजे मृत्यु भएको हो।

मृगौलाको डाइलासिस गराइरहेका ती पुरुष उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए।

असोज ५ गते नोबेलमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनलाई असोज १० गते धरानस्थित प्रतिष्ठानको आइसोलेसनमा रिफर गरिएको हो।

उनलाई ज्वरो, खोकीपश्चात स्वासप्रश्वासमा गम्भीर समस्या देखिएको थियो। भेन्टिलेटरमा राखेर उपचार गराइरहेकोमा मंगलबार विहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। 

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ। ६ हजार पाँच सयभन्दा बढी संक्रमित छन्। 

 

प्रकाशित: Sep 29, 2020| 02:37 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।