शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोशी अस्पतालमा मृत्यु भएको पाँच घन्टापछि कोरोना पुष्टि

कोशी अस्पतालमा मृत्यु भएको पाँच घन्टापछि कोरोना पुष्टि

विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ। 

सुनसरीको दुहवी नगरपालिका ५ का ६० वर्षीय पुरुषको उपचारका लागि अस्पतालमा भर्ना गरिएको केही बेरमै मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजक एवं वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए। 

उनका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएकोभन्दै पुरुषलाई सोमबार दिउँसो २ बजेतिर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
 
उपचार थालिएका उनको एकघण्टापछि मृत्यु भएको यादवले बताए। मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा सोमबार राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ। 

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ। ६ हजार पाँच सयभन्दा बढी संक्रमित छन्। 

 

प्रकाशित: Sep 29, 2020| 02:25 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।