नेपालगन्ज- बाँकेमा कोरोना संक्रमणबाट नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारीसहित थप २ जनाको मृत्यु भएको छ ।
सोमबार राति उपचारका क्रममा दुई जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
उपचारकै क्रममा नेपालगंन्जका ४१ वर्षीय पुरुष र कोहलपुर नगरपालिका १० का ५३ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो ।
नेपालगन्जका ४१ वर्षीय पुरुष नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारी हुन् ।